• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

शिबालिक बचत तथा ऋृण सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभा सम्पन्न


दाङ, ११ असोज । शिबालिक बचत तथा ऋृण सहकारी संस्था लिमिटेड तुलसीपुरको १३ औं बार्षिक साधारणसभा शनिवार तुलसीपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बिजय कुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का अध्यक्ष एवम् उपमहानगरपालिकाका सहकारी संयोजक टोप बहादुर केसीले शिबालिक साकोस सानो र शेयर सदस्य थोरै भए पनि सहकारी क्षेत्रमा देखा पर्ने बिभिन्न खाले उतार चढाबका बावजुत ऋृण प्रवाहमा जोड दिनु भन्दा पनि सदस्यहरुलाई अधिकतम बचत गर्ने बानीको बिकास गराउदै अघि बढ्न आग्रह गर्नु भयो ।

कार्यक्रमका बिशिष्ट अतिथी दाङ जिल्ला बचत तथा ऋृण सहकारी संस्था लिमिटेडका अध्यक्ष रुप बहादुर खत्रीले शिबालिक साकोसले सहकारी मुल्य, मान्यता र सिध्दान्तको अधिकतम पालना गरी आफ्नो अलग पहिचान कायम गर्दै अगाडि बढिरहेकोमा खुशी व्यक्त गर्नुभयो । साथै उहाँले आउँदा दिनहरुमा यस संस्थाले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि गर्दै दिगो बिकास लक्ष्य प्राप्तीका लागि गुणात्मक पक्ष अझ मजबुत बनाउदै लग्नु पर्नेमा जोड पनि दिनुभयो ।

संस्थाका संचालक समिती सदस्य छबिलाल न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा संस्थाको वार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष तुफानबाबु श्रेष्ठले तथा वार्षिक प्रगती विवरण महासचिब देव बहादुर केसीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष राजेन्द्र बहादुर बस्नेत, शेयर सदस्य कुशल तर्ताल र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा संस्थाका उत्कृष्ट वचतकर्ता टंक बहादुर बस्नेत र बिष्णु कुमारी केसीलाई नगद, प्रमाणपत्र तथा खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण संचालक समितीका सदस्य दिपेश भण्डारीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७६ असोज ११ गते शनिवार