• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

दाङमा बसको ठक्कर बाट एक जनाको ज्यान गयो


पूर्ण के.सी. असोज ११, दाङ ।  दाङको घोराहीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

दाङ प्रहरीका अनुसार ,यात्रुबहाक बसले मोटरसाईकल चालक घोराही १५ निवासी १७ बर्षीय प्रदिप जिसीलाई ठक्कर दिदा उनको मृत्यु भएको हो ।

घोराही बस पार्क बाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २१०६ नम्बरको बसले रा १ प ४१७९ नंम्बरको मोटरसाईकललाई ठक्कर दिदा गम्भीर घाइते जिसीको उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७६ असोज ११ गते शनिवार