• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यान प्रहरीले झण्डै १३ सय लिटर घरेलु मदिरा नष्ट गर्याे


करेश्मा गिरी/ असोज १२, सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले ठुलो परिणाममा अवैघ घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले आइतबार करिब १३ सय लीटर अवैध घरेलु मदिरा नष्ट गरेको हो ।

शारदा नगरपालिकाको खलंगा र श्रीनगर बजारका विभिन्न होटलहरुबाट मदिरा तथा मदिरा जन्य पदार्थहरु नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतविडाले जानकारी दिए । उनका अनुसार २ सय ५० लिटर रक्सी, ९ सय लिटर जाँड, ४ किलो रक्सी बनाउने औषधी र १ सेट रक्सी बनाउने भाँडाकुडाँ बरामद गरिएको छ ।

बरामद गरिएको मदिरा जिल्ला प्रहरी कार्यालय नजिकै नष्ट गरिएको हो । बरामद गरिएको जाँडमा अखाद्य पदार्थ मिलाएको भेटिएको प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा बढी मात्रामा मदिरा सेवन गरि होहल्ला र शान्ती सुरक्षामा असर पुर्याइने भन्दै विभिन्न होटल हरुबाट अवैध रुपमा विक्रि वितरण हुने मदिरा तथा मदिरा जन्य पदार्थ नियन्त्रणमा लिएको डिएसपी खतिवडाले बताए । समाजमा हुने घरेलु हिंसा र अन्य अपराधिक क्रियाकलापहरुमा ९० प्रतिशत भन्दा बढि घटना मदिराका कारणले हुने भएकाले अवैध रुपमा भइ रहेको यस्तो कार्यलाइ रोन्न प्रहरी लागी परेको उनले बताए ।

मदिरा सेवनका कारण घरेलु हिंसा र अन्य प्रकारका अपराधिक क्रियाकलापहरु रोक्ने उद्देश्यले मदिरा र मदिराजन्य पदार्थ नियन्त्रणमा लिएको बताउँदै डिएसपी खतिवडाले आगामी दिनमा पनि यस कार्यलाइ नियमितता दिने बताए । उनले भने, ‘आगामी दिनमा पनि अवैध घरेलु मदिरा नष्ट गर्ने यस्ता क्रियाकलाप तीव्रताका साथ अगाढी बढाउँछौं, अटेरी गर्नेलाइ कानुनी कारवाहीको दायरामा समेत ल्याउने छौं ।’

अहिले मदिरा र मदिराजन्य पदार्थ नियन्त्रणमा लिएर सचेत गरेको र आगामी दिनमा पनि यस्ता घटना दाहोर्याउने जोकोही लाइ पनि कारवाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ असोज १२ गते आइतवार