• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको एकमात्र खबरपत्रिका ‘कुमाख पत्रिका’को आज वार्षिकोत्सब


 


असोज १३, सल्यान । सल्यानबाट प्रकाशित एक मात्र दैनिक खबरपत्रिका कुमाख राष्ट्रिय दैनिक आाजदेखि एकवर्ष पुरा गरेर दुई वर्षमा प्रवेश गर्दैछ । २०७५ असोज १३ गतेदेखि नियमित दैनिक रुपमा प्रकाशन भएको कुमाख पत्रिकाले आज श्रीनगरमा प्रथम वार्षिकोत्सव मनाउन लागेको पत्रिकाका प्रधान सम्पादक गोविन्द शर्माले बताए ।

हिन्दुहरुको महान चाड विजयादशमी तथा शुभ दिपावलीको सन्दर्भमा पत्रिकाको वार्षिकोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम पनि राखेको हो । कार्यक्रम बिहान ११ बजे श्रीनगरमा रहेको उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको उनले जानकारी दिएका छन ।

कार्यक्रममा ग्राहक, पाठक, विज्ञापनदाता, शुभचिन्तक लगाएतलाइ उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।  कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला शाखा सल्यानका कलाकारको विशेष सांस्कृतिक प्रस्तुति रहने अयोजकले जनाएको छ ।

२०७४ साल फाल्गुन १३ देखि कुमाख राष्ट्रिय साप्ताहिकको रुपमा सुरु भएको पत्रिका २०७५ आश्विन पहिलो सातासम्म गरी ६ महिनामा जम्मा ३१ अंक प्रकाशन भएको थियो । त्यसपछि २०७५ आश्विन १३ देखि दैनिक रुपमा प्रकाशन हुँदै आएको कुमाख पत्रिका शुरुमा कुमाख राष्ट्रिय दैंनिकको रुपमा अस्थायी स्वीकृति लिएर प्रकाशन हुँदै आएको थियो । तर २०७६ साल भाद्र महिनामा कुमाख दैंनिकको नाममा स्थायी स्वीकृति पाएर कुमाख दैंनिकको नामबाट प्रकाशन भईरहेको छ ।
सल्यानमा यसअघि विभिन्न समयमा साप्ताहि तथा मासिक पत्रिका खुलेपनि लामो समयसम्म टिक्न सकेका थिएनन् । तर कुमाख पत्रिका भने अहिलेसम्म दैनिक रुपमा टिकिरहेकाे छ । श्रीनगरमा प्रधान कार्यालय बनाएको कुमाख पत्रिका सल्यानका सबै वडा कार्यालयहरु सम्म पुग्ने गर्दछ । पत्रिमा छपाईको लागि कुमाख दैनिकले आफ्नै मेसिन समेत बनाएको छ ।

प्रकाशित मिति : २०७६ असोज १३ गते सोमवार