• २०७९ मङ्सिर १७ गते शनिवार
  • Preeti To Unicode

छत्रेश्वरी गाउँपालिकाले किन दियाे प्रहरीलाई मोबाइल र सिम ?


असोज १३, सल्यान । सल्यानमा स्थानिय सरकारले प्रहरीलाइ मोबाइल र सिम प्रदान गरको छ ।

छत्रेश्वरी गाउँपालिकाले गाउँपालिका भित्र रहेका चाैकी तथा कार्यालयमा प्रयोग हुनेगरी एक/एक थान मोबाइल र सिम प्रदान गरेको हो । सुरक्षा व्यवस्थालाई अझै प्रभावकारी बनाउने हेतुले आइतबार दमाचौर, जयचौर, राँगोहान्ने र लान्तीमा रहेका प्रहरी चौकिमा सिम कार्ड र मोबाइल हस्तान्तरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरमा हस्तान्तरण गरिएका उक्त सिम कार्डहरु स्थायी रुपमा सम्बन्धित प्रहरी चौकिहरुमा प्रयोगमा रहनेछन । जसको कारण चौकी इन्चार्ज बदलिदा सम्पर्क नम्बर पनि बदल्नु पर्ने झन्झट हुनेछैन् ।

सिम र मोबाइल गाउँपालिका अध्यक्ष सन्तोष केसीले सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडालाइ प्रदान गरेका हुन ।

प्रकाशित मिति : २०७६ असोज १३ गते सोमवार