• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

भेरी नदिमा एक व्यक्तिको शव फेला



इन्द्र बुढाथोकी / असोज १३, सल्यान ।
सल्यानको पश्चिम क्षेत्रमा रहेको भेरी नदिमा एक व्यक्ति मृ’त अबस्थामा फेला परेका छन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिका -२ गोरुघाट स्थित भेरी नदिमा जाजरकोटका एक व्यक्ति मृ’त अवस्थामा फेला परेका हुन् ।

मृ’त्यु हुनेमा जिल्ला जाजरकोट शिवालाय गाउपालिका -९ रातामाटाका अन्दाजी ५२ वर्षका डबले बादी नाम गरेका व्यक्ति भएको प्रहरीले जनाएको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको बादीको कसरी र किन मृ’त्यु भयो भन्नेबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ असोज १३ गते सोमवार