• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

नेकपाका केन्द्रीय सदस्य असलकाे घर सल्यानमा पक्राउ पुर्जी


असोज १२, सल्यान । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वकाे नेकपाका केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का (असल) को घरमा प्रहरीले ३५ दिने पक्राउ पुर्जी टाँसेको छ । बम विष्पोटक पदार्थको आरोप लगाइ सम्बन्धित अधिकारीको हस्ताक्षर सहित सल्यानको दार्मा गाउँपालिका ५  बछेलामा पर्ने उनको घरमा पक्राउ पुर्जी टाँसीएको खड्काको परिवारले बताएको छ ।

आइतबार अपरान्ह साढे ४ बजे घरमा ३५ दिने पक्राउ पुर्जी टाँसेको भाइ खड्काका भाइ अनुपम खड्काले जानकारी दिएका छन । २०५५ साल कार्तिक २९ गते तत्कालिन नेपाल प्रहरीबाट हत्या गरिएका बुबा माधु खड्काका जेठा छोरा असल त्यतिबेला खुट्टामा गोली लाग्दा पनि भागेर बाँचेका थिए ।

बुबा माधुलाइ प्रहरीले गोलीहानेर हत्या गर्दा उनि पनि घरमै थिए । जनयुद्धकालका जनमुक्ति सेना असल विप्लव नेतृत्वको नेकपा नेता हुन । नेकपालाइ सरकारले जनयुद्धताका माओवादीलाइ सरकारले लगाएको जस्तै प्रतिबन्ध लगाएको छ ।

यसअघि नेता असललाइ सरकारले विभिन्न समयमा पक्राउ गरेर दुःख दिइरहे पनि अदालले छाड्न आदेश दिदै आएको थियो ।

प्रकाशित मिति : २०७६ असोज १३ गते सोमवार