• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

गोलाप्रथा जित्ने मात्रै जापान जाने भाषा परीक्षामा सहभागी हुन सक्ने


असाेज १३, काठमाडाै । स्पेसिपफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरमा जापान जाने नेपाली कामदारले भाषा परीक्षामा सहभागी हुन गोला प्रथा जित्नुपर्ने भएको छ।

 

नेपालीहरूले धेरै संख्यामा भाषा परीक्षामा सहभागी हुने चासो देखाएपछि जापान सरकारले हजार जनालाई मात्रै भाषा परीक्षामा सहभागी गराउने बताएको थियो ।

 

यसअघि ‘फर्स्ट कम फर्स्ट प्रायोरिटी’का आधारमा पहिले फर्म भर्ने हजार जनालाई मात्रै परीक्षामा सहभागि गर्ने बताएको थियो । तर, जापान फाउन्डेसनले त्यो नियम परिवर्तन गर्दै फर्म भर्नेहरूमध्ये गोला प्रथाबाट छानिएका हजार जनालाई मात्रै भाषा परीक्षामा सहभागी गराउने भएको हो।

प्रकाशित मिति : २०७६ असोज १३ गते सोमवार