• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

चिनमा १७ वर्षदेखि फरार अभियुक्तलाई ड्रोनको सहायताले गुफाबाट पक्राउ गरियो


असोज १३, काठमाडौ । चीनमा १७ वर्षदेखि फरार अभियुक्त ड्रोनको सहायताले गुफाबाट पक्राउ परेका छन्।

६३ वर्षीय सोङ जियाङ महिला तथा बालबालिका बेचबिखनको अभियोगमा जेल सजाय भोगिरहेका थिए। तर उनी सन् २००२ जेलबाट भागे।
सोङ मानव बस्ती नभएको ठाउँमा गुफामा बसिरहेका थिए।

गत सेप्टेम्बरमा योङ्गशान प्रहरीले सोङ बसेको क्षेत्रबारे सूचना पाएको थियो। त्यही सुचनाका आधारमा प्रहरीले दक्षिण-पश्चिमी चीनको युनान प्रान्तस्थित सोङको घरपछाडि रहेको पहाडसम्म खोजी गर्‍यो। प्रहरीले खोजीमा अतिरिक्त ड्रोन पनि पठाएको थियो।

त्यस क्षेत्रमा केही फोहोर देखेपछि प्रहरी गुफातिर गए। गुफामा सोङ भेटिए। उनलाई अहिले फेरि जेलमा पठाइएको छ। नदीको पानी र आगो बालेर सोङ गुफाभित्र बस्दै आएका थिए।

प्रकाशित मिति : २०७६ असोज १३ गते सोमवार