• २०७९ मङ्सिर १७ गते शनिवार
  • Preeti To Unicode

विकासको पहिलो


विकासको पहिलो पूर्वाधार सडक निर्माणलाई मानिन्छ । अन्य अल्पविकसित तथा विकासशील मुलुकमा झैँ नेपालमा पनि सोही तीव्रताले सडक र पुल बने, बन्दैछन् ।

तर यिनै सडकमा हिँड्दा–हिँड्दै कसैको प्राण जान्छ । कतिपय दुर्घटना पैदलयात्रीकै कारण हुन्छ भने कतिपय घटना चालकको लापरबाहीले गर्दा ।

मुलुकभर सवारी दुर्घटनाबाट १ दिनमा सरदर ७ जनाको मृत्यु हुन्छ । सडक दुर्घटनाबाट मर्नेको यो संख्या सानो होइन । यस्तो विषम परिस्थितिबारे अब घर–घरले ट्राफिक नियम जान्नु जरुरी छ ।

प्रकाशित मिति : २०७६ असोज १४ गते मङ्गलवार