• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

तुलसीपुरमा सवारी सधानका चालकहरुलाई सम्मान गरियो


पूर्ण के.सी./असोज १३, दाङ । तुलसीपुर नयाँ बसपार्कबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसधानका चालकहरुलाई सम्मान गरिएको छ ।

चाडपर्वको समयमा हुन सक्ने दुर्घटना न्यूनिकरण गर्नकालागि चालकलाई सम्मान तथा सचेतना प्रदान गरिएको हो ।

यातायात मजदुरको आयोजनामा भएको कार्यक्रममा ट्राफिक प्रहरी , यातायात व्यवसायी , लगायत सरोकारवालाको सहभागीता रहेको थियो ।

त्यस अवसरमा , सवारी चलाउँदा मापसे नगर्ने, तिब्र गतिमा सवारी नचलाउने, यात्रुहरुलाई सम्मानजनक ब्यबहार गर्ने गरि चालकहरुलाई सचेत समेत बनाईएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ असोज १४ गते मङ्गलवार