• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

दशैं आउदा सल्यानको खैराबाङ मन्दिरमा दर्शनार्थीको बढ्दो भिड (फोटो फिचर)


असोज १६, सल्यान । सल्यानको प्रसिद्ध धार्मिक स्थल खैराबाङ भुवुनेश्वरी भगवतिको मन्दिरमा दर्शनार्थीहरुको भिड लागेको छ । शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरमा घटस्थापनाको दिनदेखि सुरु भएको पूजा आरधना र बलि दिनेहरुको भिड बिहीबार पाँचौ दिन भने बढेको छ ।

बिहीबार पंचबलीको दिन भएकोले भिड बढेको मन्दिर व्यवस्थापन समितीले जनाएको छ । पंचबलीको दिन हाँस, परेवा, कुखुरा, बोका र राँगाको बली दिइन्छ । बाह्रै महिना पुजाआजा हुने यस मन्दिरमा विषेशगरी बडा दशैको घटस्थापनादेखि कोजागत पूर्णिमासम्म बलि दिने र दर्शनार्थीहरुको भिड लाग्न गर्दछ ।

राणा तथा पुर्व राजाहरुले मन्दिरमा पुगेर ब्रतबन्ध गर्ने, पाजुपाठ गर्ने तथा बलि दिएपछि मात्रै सर्वसाधारणका लागि पूजा खुल्ला हुने यहाँको किम्वदन्ति छ। यस मन्दिरमा सत्ययुगमा महादेवले सत्यदेवीको मृत शरिर बोकेर विश्व भम्रण गर्दा देवीको अंग पतन भएको विश्वास गरिन्छ ।

हेर्नुहोस् बिहीबार पाँचौ दिन लेकाली अनलाइनका लागी खकेन्द्र केसी र बामवेद केसीले लिएका तस्बिरहरु

 

प्रकाशित मिति : २०७६ असोज १६ गते बिहिवार