• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

सभामुख निवासबाटै महरा पक्राउ



काठमाडौं, १९ असोज । संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौंबाट नियन्त्रणको आदेश जारी भएलगत्तै सभामुखको सरकारी निवासबाटै महरालाई नियन्त्रणमा लिएको हो ।

जबरजस्ती करणीको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । उजुरीमा उनले आफूलाई महराले जबरजस्ती करणीको प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा दिएको उजुरीमा उल्लेख गरेकी थिइन् ।

असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए । त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई जबरजस्ती करणी र हातपात गरेको बताएकी थिइन् । भोलिपल्ट उनको अनुहार र जिउमा चोटपटक देखिएको थियो ।

प्रकाशित मिति : २०७६ असोज १९ गते आइतवार