• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङ तुलसीपुरको एक पसलमा आगलागी


पूर्ण के.सी./ असोज २४, दाङ । दाङ तुलसीपुरको एक पसलमा आगलागी भएको छ । तुलसीपुर १६ लक्ष्मीपुरका प्रकाश खडकाको निवास नजिकै रहेको रिफेस जनरल स्टोरमा गएराती आगलागी भएको छ ।

बिजुलीको तार सर्ट हुदा आगलागी भएको प्रहरी बताउछ । आगलागी बाट करिब ५ लाख बराबरको क्षेति भएको दाङ प्रहरीको भनाई छ ।

प्रहरीले दिएको जानकारी अनुसार पसलमा रहेको रिचार्ज कार्ड १२ हजार, नगद २५ हजार, जुत्ता, चप्पल, फोटोकपि मेसिन, दाल र चामल गरी अन्दाजी ५ लाख बराबरको क्षेति भएको छ ।

प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रवार