• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

घुम्न जाऔँ तुलसीपुर अभियानको सुरुवात


असोज २४, दाङ । दाङ तुलसीपुरमा भएका पर्यटकिय स्थलको प्रचारप्रसारका लागि घुम्न  जाऔँ तुलसीपुर अभियानको शुरुवात गरिएको छ ।

पर्यटन प्रवद्र्धनमार्फत तुलसीपुरलाई समृद्ध नगर बनाउनका लागि अभियानको शुरुवात गरिएको हो ।

अभियानको आज उद्घाटन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले घुम्न जाऔँ तुलसीपुर अभियानले सन् २०२० को पर्यटन वर्षलाई सफल बनाउने बताए  । उनले दाङमा भएका पर्यटकिय स्थलको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन बढाउन सकिने बताए ।

प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रवार