• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

६४ औं प्रहरी दिवस सल्यानमा पनि मनाईयो


असोज २४, सल्यान । ६४ औं प्रहरी दिवस सल्यानमा पनि मनाईएको छ । दिवसको अवसर पारेर आज शुक्रवार देशका लागी योगदान पुर्याएर शहीद भएका अमर प्रहरीको सम्झनामा जिल्ला प्रहरी कार्यालय सल्यानको प्रागणमा रहेको अमर प्रहरी स्मारकमा शहीद प्रहरीको सम्झना स्वरुप माल्यार्पण गरिएको हो ।

प्रहरी नायब निरीक्षक उमाकान्त जोसीको अध्यक्षता एवं शारदा नगरपालीकाका नगर प्रमुख सुरेश अधिकारीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने लगायतको उपस्थितिमा रहेको थियो ।

कार्यक्रममा बोल्दै शारदा नगरपालीकाका नगरप्रमखु अधिकारीले अहिले सम्म नेपाल प्रहरीले गरेको योगदान उच्च रहेकाले जनताको हितमा र शान्ति सुरक्षामा पार्द्शि रुपमा कटिबद्ध भएर काम गर्न आग्रह गरे । जिल्ला प्रहरी कार्यलय बाट हुने सुरक्षामा कुनै कमि नभएकाले जिल्लामा अपराधिक क्रियाकलाप हुन नदिन नागरीक प्रति आत्मीयता देखाएर काम गर्नु पर्ने उनको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानले सुरक्षा कायम राख्नको लागी नेपाल प्रहरीको अहिले सम्म  निरन्तर लागेको बताए । उनले नागरीक पनि बिनाबर्दिका प्रहरी भएकाले नागरीकको सहयोग बिना प्रहरी एक्लैले काम गर्न नसक्ने भएकाले प्रहरी मेरो साथि बनेर नागरीको पनि साथको खाँचो रहेको बताए ।

कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत २ जना प्रहरीलाई सम्मान सहित पुरस्कृत गरीएको थियो । यस्तै कार्यक्रममा अमर प्रहरीका २ जना परिवार पनि लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रवार