• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

टर्कीको आक्रमणका कारण सिरियामा कम्तिमा ११ जनाको मृ’त्यु


असाेज २४, काठमाडाैं । सिरियाको उत्तरी क्षेत्रमा टर्कीले सैन्य अभियान जारी राख्दा ज्यान गुमाउनेको संख्या बढेको छ । कुर्दिसको नियन्त्रणमा रहेको क्षेत्र लक्षित गरी टर्कीले अन्तर–सीमा सैन्य अभियान गएको बुधबारदेखि सुरु गरेको हो ।

टर्कीले आक्रमण सघन बनाउँदै लैजाँदा हालसम्म कम्तिमा ११ जना सर्वसाधारणको मृत्यु भएको जनाइएको छ । टर्किस सेनाले आफ्ना एक सैनिकको पनि मृत्यु भएको जनाएको छ । आक्रमणका कारण दशौँ हजार मानिस बिस्थापित भएका छन् ।

उनीहरु आफ्नो घर छोडेर हिँड्न बाध्य भएका छन् । अन्तर्राष्ट्रिय स्तरमै टर्कीले गरिरहेको आक्रमणको निन्दा भए पनि रोकिएको छैन । टर्कीले कुर्दिसलाई आतंककारीको रुपमा लिने गरेको छ । कुर्दिसलाई अमेरिकाले साथ दिँदै आएको थियो ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियाबाट आफ्ना सेना फिर्ता बोलाउने निर्णय गरेसँगै टर्कीले आक्रमण थालेको हो । ट्रम्पको निर्णयको विरोध भइरहेको छ ।

टर्कीलाई आक्रमणका लागि स्वीकृति दिएको आरोप अमेरिकामाथि लागेको छ । तर अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सो आरोप अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रवार