• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

असोज २७ गते सल्यानको कपुरकोटमा ‘दशै तिहार धमाका’ हुने


असोज २४, सल्यान । सल्यानको कपुरकोटमा दशै तिहार धमाका हुने भएको छ । सुनौलो विहानी युवा क्लवले यहि असोज २७ गते कपुरकोट बजारमा दशै तिहार धमाका संचालन गर्ने भएको हो ।

प्रत्येक वर्ष कपुरकोटमा मेला तथा महोत्वस संचालन गरेको सुनौलो विहानी युवा क्लवले यसवर्ष पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागीतामा धमेकेदार सांगीतिक कार्यक्रम संचालन गर्न लागेको क्लवका अध्यक्ष बिचरा चुडामणी पिएमले बताए ।

उनकाअनुसार कार्यक्रममा चर्चित लोकदोहोरी गायक प्रकाश सपुत, गायिका भिमु गुरुङ्ग, शर्मिला राइमाझी, देवी भण्डारी, गायक कृश क्षेत्री, एचआर मगर लगाएतको प्रस्तुती रहनेछ । सांगीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न हुने भएको भन्दै सहभागी हुन अध्यक्ष पिएमले सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रवार