• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

निर्धारित समयभन्दा २० मिनेट अघि नै चिनियाँ राष्ट्रपति काठमाडौं आइपुगे


असाेज २५, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । राष्ट्रपति सी नेपाली समयअनुसार ४ः१० मा नेपाल आइपुगेका हुन् ।

भारतको चेन्नाईबाट विशेष विमानमार्फत सी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी चिनियाँ एयरवेजको CCA057 जहाजमा नेपाल आइपुगेका हुन्।

उनी दिउँसो ४ः३० देखि ५ः३० बजेको बीचमा काठमाडौँ आइपुग्ने भनिए पनि निर्धारित समयभन्दा करिब २० मिनेट पहिले नै त्रिभुनव अन्तराष्ट्रिय विमानस्थलमा उत्रेका हुन्।

राष्ट्रपति सीलाई विमानस्थलमा समकक्षी विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन्। उनलाई विमानस्थलमै गार्ड अफ अनर दिइने छ । त्यसपछि सी सोझै सोल्टी होटल प्रस्थान गर्नेछन् । दुई समकक्षीबीच शनिबार नै शीतल निवासामा शिष्टाचार भेटवार्ता हुनेछ।

उनले आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति सी आज राति नेपाली समकक्षी भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन्।

फाइल फोटो

प्रकाशित मिति : २०७६ असोज २५ गते शनिवार