• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा जिप दुर्घटना हुँदा १२ जना घाईते


असोज २५, सल्यान । सल्यान जिप दुर्घटना हुँदा  १२ जना घाईते भएका छन् । कालिमाटीबाट नेपालगन्जको लागी छुटेको भे १ ज ११०७ नम्बरको जिप दुर्घटना हुँदा १२ जना घाईते भएका हुन् ।

शनिबार दिउँसो कालिमाटी गाउँपालिका ४ असुरेनी नजिकै रोकिराखेको उक्त जिप एक्कासी ब्याक सर्दा दुर्घटना भएको हो । रोकिएको जिप ब्याक सरेर सडकको भित्तामा ठोकिएको जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रमुख ज्ञानेन्द्र शाहीले लेकाली अनलाइनलाई बताए ।

उनकाअनुसार घाईते १२ जनाकै अवस्था सामान्य छ । नेपालगन्जको यात्रामा रहेका उनिहरुलाई उपचारको लागी नेपालगन्जै लगिएको उनले बताए ।

तस्बिर: विक्रम क्षेत्री

प्रकाशित मिति : २०७६ असोज २५ गते शनिवार