• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

मान्छेहरुले छोट्टी बस्नलाई नशाको रुपमा लिए : सांसद टेक बहादुर बस्नेत


असोज २५, सल्यान । पुर्व सामान्य प्रशासन मन्त्री तथा वर्तमान प्रतिनिधि सभाका सांसद टेक बहादुर बस्नेतले मानिसहरुले हरेक बस्तुलाई नशाको रुपमा लिएको बताएका छन् । सल्यान खलंगा स्थित समाजवाद अध्ययन केन्द्रको कार्यालय उद्घाटन गर्दै सांसद बस्नेतले अहिले प्रत्येक मानिसहरु नशामा झुमेको बताएका छन् ।

उनले मानिसहरु आफ्नो काम कर्तव्य भुलेर छोट्टी, भट्टी, फेसबुक, युटुब लगाएतको नशामा लागेको बताए । यसले मान्छेलाई फाइदा नगरेर हानी पुर्याउने उनको भनाई छ ।

उनले भने, ‘पुस्तक पढ्न छोडेर मानिसहरु फेसबुक चलाउन थाले, पुस्तकको वैकल्पिक माध्याम फेसबुक हैन्, पुस्तकनै पढ्नुपर्छ ।’ मानिसहरुलाई पढ्ने विकासको बानी बसाल्नको लागी समाजबाद अध्ययन केन्द्रले सहयोग गर्ने उनको भनाई थियो ।

कार्याक्रममा बनगाड कुपिण्डे नगरप्रमुख गोविन्द कुमार पुन, शारदा नगरप्रमुख सुरेश अधिकारी, काँग्रेस सल्यानका सचिव प्रकाश भण्डारी, पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्मा, गैरसहकारी संस्था सल्यानका अध्यक्ष दिपेन्द्र डिसी लगाएतले मन्तव्य राखेका थिए भने देवराज आचार्य र प्रविण भण्डारीले गजल बाचन गरेका थिए । भुम प्रकाश भण्डारीले संचालन गरेको कार्यक्रमको सभाअध्यक्षता अध्ययन केन्द्रका अध्यक्ष गणेशमान सिंहले गरेका थिए ।

खलंगाको लालदरबारमा कार्यालय उद्घाटन गरिएको समाजबाद अध्ययन केन्द्रमा विभिन्न खालका पुस्तकहरु राखिने कोषअध्यक्ष मौषमदास श्रेष्ठले बताए । उनकाअनुसार मानिसहरु फुर्सदमा गएर निशुल्क पुस्तकहरु पढ्नेछन् भने आफुले पढेका पुस्तकहरु त्यहाँ ल्याएर छोड्न सक्नेछन् ।

प्रकाशित मिति : २०७६ असोज २५ गते शनिवार