• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

जापानमा शक्तिशाली ताइफुन, नेपालीहरुको सुरक्षाका लागि दुतावास मौन


असोज २५, जापान । जापानमा शक्तिशाली ‘ताइफुन’ आँधीबेहरीका कारण जनजीवन प्रभावित भएको छ । ताइफुनको पूर्व सूचना भएरपनि तयारी गरेर बसेकाहरु त्रासमा बाँचिरहेका छन् । यो ताइफुन आकार, गति तथा प्रभावको आधारमा हालसम्मकै शक्तिशाली रहने अनुमान गरिएको छ ।

हगिविस भनेर चिनिने यो टाइफुनले तोकाई तथा कान्तो क्षेत्रमा हिंसात्मक असर देखाइसकेको छ । शनिबार विहानैबाट सिजुवका तथा चिबा केनमा भौतिक तथा मानवीय क्षतिका घटनाहरु घटेका छन् । १० औं हजार घरहरुमा विद्युत आपूर्ति बन्द भइसकेको छ ।

सिजुवका हुँदै ग्रेट टोकियो तर्फ अघि बढिरहेको ताइफुन रातिमा अझ खतरनाक रुप लिने अनुमान गरिएको छ । सिजुवका, चिवा, कानागावा, गुन्मा तथा टोकियोका केही स्थानहरुहाई अलर्टमा राखिएको छ ।

ताइफुनका कारण अहिलेसम्म दुई/तीन जना वेपत्ता भएको र सयौं व्यक्ति घाइते भएका छन् । जापानमा यत्ति ठूलो विपत्ती आइपर्दा पनि, जापानमा रहेका नेपाली दुतावासले नेपालीहरुलाई सुरिक्षत हुन र केही भए दुतावासमा सम्पर्क गर्न भनि सामान्य विज्ञप्ती समेत ननिकालेको भन्दै जापान बस्ने नेपालीहरुले राजदुत र दुतावासका कर्मचारीहरुको आलोचना गरिरहेका छन् ।

जापानमा ९० हजार बढी नेपालीहरु रहेको तथ्याङ्क छ । जसमध्ये ताइफुनले सबै भन्दा बढी प्रभाव पार्ने भनिएको जापानको राजधानी टोकियोमा मात्र २७ हजा भन्दा बढी नेपालीको बसोबास छ ।

प्रकाशित मिति : २०७६ असोज २५ गते शनिवार