• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

तस्बिरमा हेर्नुहाेस् कुमाख मेलाकाे राैनकता


असाेज २६, सल्यान । कुमाख गाउँपालिका सल्यानमा पर्ने कुमाख मेला कोजाग्रत पुर्णीमाको अवसरमा आज जिल्लाकै सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ । कुमाख मेला नजिकै देखिने सुन्दर वनजङ्गल, रोटे पिङ, जेरी, फलफूल लगाएत विभिन्न चिजबस्तुहरु यो मेलाका मुख्य बिशेषता त हुन नै तर परापुर्बकाल देखि लाग्दै आएको मेला यहाँको कला र सस्कृती सँग पनि जोडिएको छ ।

कुमाख मेलामा झ्याउरे नाच, टप्पा नाच, सेरेङगे नाच, सोरठी नाच मेलाका प्रमुख आकर्षण हुन । तर समय परिवर्तन सँगै मेलामा यी कला र सस्कृतीहरु लोप हुदै गएको देख्न सकिन्छ ।

बर्ष दिनमा साथिभाइ, इस्टमित्र सँगको भेटघाट, भलाकुसारी, सुखदुःख साटासाट गर्ने थलोको रुपमा पनि मेलाको महत्त्व पहिले देखि रहेको पाइन्छ । कुमाख मेला लाग्ने ठाउँ सम्मै मोटर बाटो निर्माण गरिए पछि मेला हेर्न सल्यान सँगै छिमेकी जिल्ला दाङ, रोल्पा, रुकुम, जाजरकोट, सुर्खेत लगाएतका जिल्लाबाट पनि मेला हेर्न आउने मान्छेहरुको संख्या बढेको हो ।

समुन्द्री सतह बाट २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख लेक सल्यान जिल्लाकाे दाेस्राे अग्लाे लेक हाे । मेला लाग्ने स्थानसम्म माेटरबाटाे पुगेपनि त्यहाँबाट कुमाख लेकमा करिब २ घण्टाको पैदलमा प्रग्न सकिन्छ । मेला कुमाख लेककाे फेदमा लाग्दछ ।

कुमाख लेकबाट पश्चिमका नेपालका करिब १५ जिल्लाका भू–भागहरु देख्न सकिन्छ । मुस्कुराईरहेका सिस्ने र धौलागिरी हिमाल लगायतका हिमश्रृङ्खला, पहाड, पर्वत, पाखापखेरा र तराईका समथर मैदानहरुको एकसाथ अनुपम दृश्यावलोकन गर्ने सकिने यो ठाउँ पर्यटकीय हिसाबले निकै महत्वपुर्ण पनि मानिन्छ ।

कुमाख पहाडका विभिन्न स्थानमा दर्जनौ आकर्षक गुफा पनि रहेका छन् । स्थानीय बासिका भनाई अनुसार गुफाको लम्वाई पत्ता लगाऊन गुफा भित्र एउटा कुकुर पठाएकोमा सो कुकुर मोख्ला गुफावाट वाहिर निस्किएकाले गुफा निकै गहिरो भएको अनुमान गरिन्छ । प्राकृतिक एवं सांस्कृतिक हिसाबले उत्कृष्ट मानिएको यो ठाउँ पर्यटकिय हासबले निकै महत्त्वपूर्ण मानिन्छ ।

 

प्रकाशित मिति : २०७६ असोज २६ गते आइतवार