• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

गाडीको ब्रेक फेल हुँदा सल्यानकाे दार्मामा ३ जना घाईते


प्रकाश शर्मा / असोज २७, सल्यान । सल्यानमा गाडी दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । जिल्लाको बागचौर नगरपालिका स्थित थारमारे बजारबाट दार्मा गाउँपालिकाको फारुला बजारका लागि हिडेको लु २ च १६७२ नम्बरको निजी डबल क्याफ बोलेरो आइतबार साँझ दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते हुनेहरुमा दार्मा ३ दबाङका चम्फा आली, दार्मा ३ खलाटाकुरीका करुना रोकाय र दार्मा २ का कमला रोकाय रहेका छन् । उनीहरुको अवस्था सामान्य भएको र उपचारको लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको इलाका प्रहरी कार्यालय फारुलाका सहायक प्रहरी निरिक्षक जनक भण्डारीले जानकारी दिए ।

गाडी उकालोमा गुडिरहेको र ब्रेक फेल हुँदा ब्याक सरेर सडकको भित्तामा ठोकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ असोज २७ गते सोमवार