• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

अरिंगालका बच्चा खाँदा रुकुममा खाँदा १० जना बिरामी


असोज २७, रुकुम पूर्व । अरिंगालका बच्चा खाँदा रुकुमपूर्वकाे पुथा उत्तरगंगा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन् । बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गंगा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका छन् ।

बिरामीमध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ । बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्र कोलमा उपचारका लागि भर्ना गरिएको थियो ।

उनीहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट लगिएको छ । अहिले उनिहरुको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको जिल्ला अस्पताल रुकुमपूर्वका अहेब मदन खड्काले जानकारी दिए ।

शनिबार साँझ जंगलबाट ल्याएको अरिंगालका बच्चा भुटेर १२ जनाले खाएका थिए ।

प्रकाशित मिति : २०७६ असोज २७ गते सोमवार