• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

दाङ तुलसीपुरमा रहेको हाम्रो पहुँच स्कुलले अतिरिक्त कृयाकलापलाई विशेष जोड दिदै


असोज २७, दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलले शिक्षक विद्यार्थी अतिरिक्त कार्यक्रम शुरु गरेको छ । शिक्षकलाई पेशागत सिपको विकास र विद्यार्थीलाई मोबाईल रिपेरिङ एवं उद्घोषण कलाको विकास गराउन शिक्षक विद्यार्थी अतिरिक्त कार्यक्रम संचालन गरिएको हो ।

हाम्रो पहुँच बहुउद्देश्यिय सहकारी संस्थाद्वारा संचालित विद्यालयले शिक्षामा गुणस्तरियता ल्याउन शिक्षकहरुलाई अतिरिक्त तालिम प्रदान गर्न लागेको हो । विद्यालयले विद्यार्थीलाई बाहिरी ज्ञान प्रदान गर्नका लागि दशदिने तालिमको आयोजना गरेको हो ।

हाम्रो पहुँच स्कुलका प्रिन्सीपल डिआर भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका शिक्षा शाखा संयोजक देबराज बिश्कर्माको प्रमुख आतिथ्यता एवं एवम् ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्रडम्बर पालको विशिष्ठ आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

तालिमको उद्घाटन गदै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समिति संयोजक बिश्वकर्माले बिद्यार्थीलाई किताबी ज्ञानमात्र नभई सिप मुलक तालिम दिएर व्यवहारिक र सक्षम बनाउनुपर्नेमा जोड दिए । उनले विद्यार्थीलाई स्कुलको परिक्षामामात्र पास भएरमात्र नहुने भन्दै जिवनका हरेक परिक्षा र ब्यबहारिकतामा पास हुनुपर्ने बताए ।

त्यस्तै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्र डम्बर पालले हाम्रो पहुँच विद्यालयल संञ्चालन गरेको यस्तो कार्य अत्यन्तै राम्रो भएको बताए । उनले बालबालिकालाई शिक्षा मात्र भन्दा पनि सामाजिक, अनुशाशित र लगनशिल लगानशिल बनाउनुपर्नेमा जोड दिए । पछिल्लो समय युवा पुस्ता लागु पदार्थ लगायत विभिन्न कुलतमा फसेको बताउँदै उनले अभिभावक, शिक्षक र विद्यालय मिलेर बालबालिकालाई अपराधबाट टाढा राख्नुपर्ने बताए ।

कार्यक्रममा हाम्रो पहुँच बहुउद्देश्यिय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले विद्यालयले समय सयममा संचालन गर्ने अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई सिप सिकेर आत्मनिर्भर हुन मद्दत पुग्ने बताए ।

विद्यालयले कक्षा ६ देखि ९ कक्षा सम्मका विद्यार्थीहरुलाई मोबाईल रिपेरिङ र उद्घोषण तालिम दिन शुरु गरेको हो । मोवाईल रिपेरिङ प्रशिक्षकमा लिलामणि पुन रहेका छन् । त्यसैगरी उद्घोषण प्रशिक्षकमा रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल रहेका छन् । यस्तै शिक्षकहरुकोे प्रशिक्षकमा डिआर दाहाल रहनु भएको छ ।

आजबाट सुरु भएको तालिम १० दिन सम्म संञ्चालन हुने छ । बिद्यालयका कल्याणकारीणी अधिकृत तिलकराम कालाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका भाइस प्रिन्सिपल शिव पुनले गरेका थिए ।

प्रकाशित मिति : २०७६ असोज २७ गते सोमवार