• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

रोल्पाको एक विद्यालयलाई एनआरएनको लाखौं सहयोग, अतिथिहरु हेलिकप्टरमा आए


केबी गुरुङ/असोज २८, रोल्पा । रोल्पाको गंगादेव गाउपालिकामा रहेको सिद्धार्थ नमुना माध्यामिक विद्यालय घोप्टेओढारमा गैर आवासिय नेपाली संघ अमेरिकाले अक्षयकोषका लागि नगत रकम हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा अध्यनरत द्वन्द्वपिडित तथा टुहुरा, अनाथ, असाहय र जेहेन्दार बालबालिका लागि निर्मित अक्षयकोषमा सहयोग गरेको हो ।

यसरी जम्मा गर्नेहरुमा एनआरएन उपाध्यक्ष अमेरिकाका कृष्ण जिवि पन्तले नगत ३ लाख सहयोग हस्तान्तरण गरेका थिए । उक्त सहयोग अमेरिकामा रहने अन्य दाताहरुले पनि सहयोग गरेका थिए ।

त्यसैगरी कार्यक्रमका अन्य अतिथिहरु हेमराज भट्टले नगत ५१ हजार र भरत थापाले नगत २५ हजार गरि जम्मा नगत ३ लाख ७६ हजार अक्षयकोषमा सहयोग हस्तान्तरण भएको थियो । बागचौर -९ सल्यानका रतन बहादुर डाँगीले १० हजार १ सय र गंगादेव -५ उदीन ढुंगाका रबि ओलीबाट १ हजार रकम अक्षयकोषमा सहयोग गरेका थिए ।

अक्षयकोषका लागि थप सहयोग गर्न पहल गर्ने समेत प्रमुख अतिथि पन्तले बताएका थिए । अक्षयकोष रकम हस्तान्तरण गर्न एनआरएनए अमेरिकाका उपाध्यक्ष कृष्णजीबी पन्त, एनआरएनए अमेरिकाका अभियन्ता हेमराज भट्ट र भरत थापा हेलिकप्टर मार्फत विद्यालयमा उपस्थित भएका थिए ।

कार्यक्रमको प्रमुख अतिथिमा उपाध्यक्ष कृष्ण जीबी पन्त रहेका थिए भने हेमराज भट्ट र भरत थापा अतिथि रहेका थिए । त्यसैगरि हेलिकप्टर पाइलट पाब्लो पनि अतिथि थिए । नमुना विद्यालय अभियानको तर्फबाट संयोजक प्रेम बहादुर ओली र अक्षयकोष अध्यक्ष टोप बहादुर वली अतिथिमा रहेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक राम ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई प्रधानाध्यापक विरेन्द्र खड्का र सहायक शिक्षक वाईबी जीएमले कार्यक्रमको संचालन गरेका थिए । बिद्यालय ब्यबस्थापन समितिको तर्फबाट सदस्य बिष्णु खड्काले स्वागत मन्तब्य दिएका थिए ।

प्रमुख अतिथि पन्तले अक्षयकोष हस्तान्तरण गर्दै आगामी दिनहरुमा पनि उक्त बिद्यालयलाई सहयोगका लागि शैक्षिक हातेमालो गर्ने बताए । शिक्षा आर्जन गर्न कुनै विकटताले नरोक्ने बताउदै पन्तले मेहनती र अनुसासनले असल शिक्षा आर्जन गर्न विद्यार्थी बर्गलाई आग्रह गरे । उनले बिद्यालयलाई निरन्तर सहयोग गर्ने जनाएका थिए ।

त्यस्तैअर्का अतिथि हेमराज भट्टले कार्यक्रमलाई सम्बोधन गर्दागर्दै भाबुक बनेका थिए । आफुपनि यस्तै बिकट स्कुलमा शिक्षा आर्जन गरेको क्षणलाई स्मरण गर्दै त्यहि शिक्षा जीवनका लागि गोरेटो बनेको बताए । सिद्धार्थ नमुना माबी रोल्पाको मात्र नमुना नबनेर नेपालकै नमुना बिद्यालय बन्ने बिश्वास समेत व्यक्त गरे । उनले पनि उक्त बिद्यालयलाई निरन्तर सहयोगगर्ने पनि जनाए ।

कार्यक्रममा स्थानीय समुदायहरुको उत्साह जनक सहभागीता रहेको थियो । उपस्थित अतिथिहरुलाई स्थानीयले आफ्नो मौलिक झाँकीद्वारा स्वागत गरेका थिए । रोजगारको शिलशिलामा विदेश पुगेका गैरआवासीय नेपालीहरुले सिद्दार्थ माबिलाई बिगत देखिनै शैक्षिक ब्सुयबस्धाथापनका लागि सहकार्य गर्दै आएको छ ।

एक हप्ता अघि एनआरएन नेदरल्याण्डद्वारा निर्मित भवन हस्तान्तरण गर्न हेलिकप्टर मार्फत एनआरएनका प्रतिनिधिहरु आएका थिए । नमुना बिद्यालय निर्माण अभियान अन्तर्गत भौतिक पूर्वाधार ब्यबस्थापनमा सबैभन्दा पहिलो दाताको रुपमा एनआरएन साउदीलाई पाएको बिब्यस अध्यक्ष तिलक राम ओलीले बताए ।

शिक्षाप्रेमी स्थानीय युवाहरुको जागरुकताका कारण देश बाहिर बस्ने नेपालीहरु द्वारा यस बिद्यालयलाई बिशेष महत्वका साथ हेरिएको छ । सामाजिक सेवामा उत्प्रेरित एनआरएनहरुले रोल्पाको गंगादेबमा रहेको सिद्धार्थ माविको शैक्षिक सुधारका लागि निरन्तर सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २०७६ असोज २८ गते मङ्गलवार