• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सल्यान कपुरकोटका सबै बजारमा अनुगमन गरिने


असोज २९, सल्यान । सल्यानको कपुरकोट गाउँपालिका भित्र पर्ने सबै बजार अनुगमन हुने भएको छ । कपुरकोट गाउँपालिकामा मंगलबार बसेको उपभोक्ता हित संरक्षण समितीले बजार अनुगमनलाइ प्रभावकारि बनाउने निर्णय गरेको हो ।

समितीका संयोजक तथा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरको अध्यक्षतामा बसेको बैठकले वस्तु वा सेवाको दर्ता, आपुर्ति, मूल्य, गुणस्तर, नापतौल लगाएतका ब्यापारीक क्रियाकलापहरुलाइ उपभोक्तामैत्री बनाउन अनुगमन गर्ने निर्णय गरेको समितीका सदस्य कमल घर्तीले जानकारि दिए ।

गाउँपालिकाको प्रमुख बजार कपुरकोट, वडा नम्बर १ को दहवन र बगाले विसौना, वडा नम्बर २ को गर्पा, वडा नम्बर ५ को खालि र शितलबजार, वडा नम्बर ६ को छायाँनाथ बजार अनुगमन गर्ने निर्णय भएको घर्तीले जनाए । कपुरकोट गाउँपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७५ बमोजिम गठित उपभोक्ता हित संरक्षण समितीको मातहतमा रहने अनुगमन टोलिले अव देखि नियमित बजार अनुगमन गर्ने भएको समितीका अर्का सदस्य टोपेन्द्र केसीले बताए ।

बैठकमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेन, प्रमुख प्रशासकीय अधिकृत अमर वली, समितीका अन्य सदस्यहरु यम कुमार वस्नेत, केशव भण्डारी, अरुणा भण्डारी, कृष्ण भण्डारी, अरुण दाहाल, टिका राई, प्रहरी चौकी कपुरकोटका इन्चार्ज रोमहर्ष गौतम, पत्रकार शिवा डाँगी लगाएतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०७६ असोज २९ गते बुधवार