• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सुन प्रतितोला ७० हजार ६ सय


असाेज २९, काठमाडौं । सोमबार घटेको सुनको मूल्य पुनः बढ्न सुरु गरेको छ । सोमबार प्रतितोला ७० हजार रुपैयाँ रहेको सुन मंगलबार प्रतितोला ७० हजार ७ सय र बुधबार प्रतितोला ७० हजार ६ सय रुपैयाँमा पुगको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंले बुधबारको लागि छापावाला सुन प्रतितोला ७० हजार ६ सय र तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ ।

सुनसँगै अघिल्लो दिनको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँ कारोबार भएको महासंघले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ असोज २९ गते बुधवार