• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

के हो सोनिकाको पारस शाहसँगको सम्बन्ध ?


असोज २९, काठमाडौं । अयुट्युबर सोनिका रोकाय अश्लित अन्तर्वार्ताका कारण विवादमा आइरहन्छिन्। पछिल्लो समय उनले दरबारमार्गस्थित उड ल्याण्ड कम्पेलेक्सको पहिलो तलामा रहेको लिक्वीड लाउन्च बार संचालन गर्दै आइरहेकी छन्। बार सञ्चालन सँगै उनको निकटता पूर्वयुवराज पारस शाहसँग बढेको छ।

सोनिकाले पारससँगका केही भिडियो टिकटकमा सेयर गर्दै आएकी छन्। कुनैबेला पारसको अंगालोमा बेरिएको तस्बिर त कतिबेला पारससँगको सेल्फीका कारण दुईको सम्बन्धको चर्चा चुलिँदै आएको छ।

आफूलाई डियरिङ लेडी अर्थात डर नभएकी नारीका रुपमा चित्रण गर्दै आएकी सोनिका एकपटक फेरि उनै पारससँग जोडिएर चर्चामा आएकी छन्। पारस यसअघि कोनिका चाइसन नामकी थाई युवतीसँगको प्रेमका कारण चर्चा र विवादका आएका थिए। पछिल्लो समय सोनिकासँगको निकटता र एयरपोर्टमा प्रहरीप्रति अभद्र व्यवहार, ट्राफिक नियम उल्लंघनलगायतका कारण विवादमा छन्।

पोखराको त्यो भिडियो

पारस र सोनिका केही दिनअघि पोखरा गएका थिए। सोही क्रममा उनीहरु एक क्याफेमा बसे। पारस पार्किङमा रहेको हार्ले डेबिसन बाइक चढेर बाहिर निस्किए भने सोनिका बिल तिर्न थालिन्।

पारस क्याफेबाहिर बसेर सोनिकाको प्रतिक्षा गर्न थाले। सोही क्रममा त्यहाँ उपस्थित केही युवाले उनीसँग संवाद गरे। सोही बेला यो वादी ऊ वादी छुट्याउने होइन सबै नेपाली हो भन्दै उनले राजावादी नभन्न आग्रह गरे।

त्यति नै बेला सोनिका आइपुगिन्। उनी पारसको बाइक पछाडि बसिन् र दुवै हुँइकिए। यो सबै भिडियो कसैले खिचेको थियो। पछि सुमन नामक अकाउन्टबाट अपलोड भयो र भाइरल बन्यो।

(भिडियो)

यसअघि पनि पारस र सोनिकाको तस्बिर तथा भिडियोहरु सार्वजनिक हुने गरेको थियो। तर, त्यो काम सोनिका आफैले गर्थिन्। यसपटक भने उनीहरु सँगै रहेको १५ सेकेण्डको भिडियो कसैले बनायो र भाइरल बन्यो।

श्रीमती हिमानी शाहसँग पारसको सम्बन्ध लामो समयदेखि राम्रो छैन। यस्तो अवस्थामा उनको सोनिकासँगको निकटतालाई लिएर शंका तथा उपशंका उठिरहेका छन्। कतिपयले उनीहरुलाई प्रेमी–प्रेमिका बताइरहेका छन्। सोनिकाको छवी राम्रो नभएका कारण यस विषयले विवादको रुप लिएको हो।

यसअघि एक बार्दलीमा सोनिकाले बनाएको पारससँगको भिडियो पनि पोखराकै थियो। ह्दयघातको सिकार भएपछि पारसले मदिरा सेवन छाडेका थिए। तर, पछिल्लो समय फेरि मदिरा सेवन गर्न थालेको बताइन्छ।

हामी साथीसाथीः सोनिका

उता भिडियो बाहिरिएसँगै सोनिकाले मिडियाप्रति आक्रोश ब्यक्त गरेकी छन्। ‘मिडियामा आएको समाचारमा कुनै सत्यता छैन’ उनले भनिन्, ‘हामी दुवै मिल्ने साथी हौँ। साथीसँग एउटै मोटरसाइकलमा हिँड्नु, सँगै बसेर क्याफेमा कफी पिउनु, टिकटक बनाउनु कसरी गलत हुन्छ?’

आफूहरु विगत साढे तीन महिनाबाट नजिक भएको बताउँदै सोनिकाले पारसबाट आफूले जीवन र दर्शनबारे थुप्रै ज्ञान पाइरहेको बताइन्। पटक–पटक मिडियामा आउने गलत समाचारका कारण पारसको परिवारमा नकारात्मक सन्देश पुगेको सोनिका बताउँछिन्।

सोनिका भन्छिन्, ‘मिडियाले मलाई नबुझी गलत समाचार राखेको भनेर पारस सरकार मसँग रुनु पनि भएको छ। यस्ता कुराले उहाँलाई निकै हर्ट गरेको छ।’ साथै, उनले मित्रताको सम्बन्धलाई अनेकथरी नाम दिनुअघि एकपटक आफूसँग सोध्नुपर्नेसमेत बताइन्।

नेपालखबरबाट

प्रकाशित मिति : २०७६ असोज २९ गते बुधवार