• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

दाङबाट विप्लव नेकपाका दुई केन्द्रीय सदस्य सहित अधिकांश राप्ती ब्युराे सदस्य पक्राउ


असोज ३०, दाङ । दाङबाट नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका दुइ केन्द्रीय सदस्य सहित अधिकांश राप्ती ब्युराे सदस्यहरुलाइ प्रहरीले गिरफ्तार गरेकाे खबर प्राप्त भएकाे छ ।  नेपाल-भारत सिमामा पर्ने राजपुर गाउँपालिकाको एक गाउँमा बैठक बसिरहेकाे अवस्थामा केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इञ्चार्ज बिरजंग, केन्द्रीय सदस्य तथा राप्ती ब्युराे संयाेजक सुवास बाँठा सहित राप्ती ब्युराे सदस्यहरू गरि दुइदर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय दाङले नाम नखुलाएपनि २१ जनालाइ पक्राउ परेकाे पुष्टि गरेकाे छ । दाङ प्रहरीका प्रवक्ता विनोदविक्रम शाहका अनुसार उनीहरूलाई गएराति २ बजेतीर पक्राउ गरिएको हो ।

नेकपा स्राेतका अनुसार बैठकमा केन्द्रीय सदस्य विरजंग, सुवास सहित राप्ती अन्चलका ब्युराे सदस्य र ५ जिल्लाका सेक्रेटरीहरू र कार्यकर्ताहरूकाे उपस्थिती थियाे । पक्राउ पर्नेमा नेकपा सल्यानका इन्चार्ज तथा ब्युराे सदस्य डिल्लीराज शर्मा ‘विश्व’, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगात पनि रहेकाे नेकपा स्राेतले जनाएकाे छ ।

उनिहरूलाइ राजपुरबाट सदरमुकाम घाेराही ल्याउदै गरेकाे दाङ प्रहरीले जनाएकाे छ । राजपुर दाङकाे विकट ठाउँमा पर्छ ।

यस बिषयमा थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७६ असोज ३० गते बिहिवार