• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

यी हुन दाङबाट गिरफ्तार परेका विप्लव नेकपाका २१ नेता-कार्यकर्ता (नामसहित)


असाेज ३०, दाङ । दाङमा बैठक बसिरहेको बेला मध्यरात गिरफ्तार परेका सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको नामा सार्वजनिक भएकाे छ । नेपाल-भारत सिमामा पर्ने राजपुर गाउँपालिकाको एक गाउँमा बैठक बसिरहेकाे अवस्थामा मध्यराती केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इञ्चार्ज बिरजंग, केन्द्रीय सदस्य तथा राप्ती ब्युराे संयाेजक सुवास बाँठा सहित राप्ती ब्युराे सदस्यहरू गरि २१ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।

नेकपा स्राेतले ब्युराे सदस्य तथा सल्यानका इन्चार्ज डिल्लीराज शर्मा ‘विश्व’लाइ पक्राउ गरेकाे भनेपनि प्रहरी स्राेतले दिएकाे लिस्टमा उनकाे नाम देखिएकाे छैन् ।

पक्राउ पर्नेको पूरा विवरण

१) चन्द्रबहादुर चन्द (वीरजङ्ग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज

२) केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज

३) रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक

४) सविन पोख्रेल –राप्ती ब्युरो कार्यालय सचिव

५) यमलाल कटुवाल(विक्रम)- दाङ जिल्ला ईन्चार्ज

६) प्रदीप वली – जिल्ला सेक्रेटरी

७) बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष

८) सुनिल पौडेल–वुद्धिजिवी

९) एकराज चौधरी -एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य

१०) धनबहादुर बोहोरा (महान) -एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गा पा सेक्रेटरी

११) तिलक पुन -पूर्व जनमुक्ति सेना

१२) सुरज विक -दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष

१३) हितप्रसाद रोका -पार्टी सदस्य

१४) पोष्टमान घर्ती -रोल्पा जिल्ला सदस्य

१५) दलबहादुर खत्री

१६) अमित घर्ती मगर

१७) बालकृष्ण शर्मा

१८) जीत क्षेत्री

१९) रमेश आचार्य

२०) बिष्णु थापा

२१) कुलबहादुर ओली

प्रकाशित मिति : २०७६ असोज ३० गते बिहिवार