• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

गृहमन्त्री थापा र पर्यटनमन्त्री भट्टराईको पत्ला जलाईयो


असाेज ३०, जनकपुरधाम । जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोद कुमार साहलाई रिहा गर्न माग गर्दै राजपाका कार्यकर्ताले बिहीबार जनकपुरधाममा गृहमन्त्री रामबहादुर थापा र पर्यटन मन्त्री योगेश भट्टराईको पुत्ला दहन गरेका छन्।

राजपा नेपालले निर्धारण गरेको विरोध कार्यक्रम अन्तर्गत बिहीबार दुबै मन्त्रीको पुत्ला दहन गरिएकाे हाे। सोमबार राजपा नेपालका प्रतिनिधिसभा सदस्य प्रमोद कुमार साहले जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए।

उनी अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा अनुसन्धानको क्रममा हिरासतमा छ्न्।

प्रकाशित मिति : २०७६ असोज ३० गते बिहिवार