• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

भोली शनिबार सल्यान श्रीनगरमा खुल्ला रचना बाचन कार्यक्रम हुँदै


कार्तिक १, सल्यान । विभिन्न समयमा साहित्य सम्बन्धी काम गर्दै आएको सल्यान कला सहित्य परिषद्ले भोली कार्तिक २ गते शनिबार दिपावलीकाे शुभकामना आदनप्रदान विषेश तथा खुल्ला रचना बाचन कार्यक्रम गर्ने भएको छ ।

परिपद्ले श्रीनगरको होटल युनाइटेड पाटी प्यालेसमा तिहारको शुभकामना आदनप्रदान सँगै खुल्ला रचना बाचन कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा डा. कृष्णराज डिसी र केशबराज देवकोटाका बिषेश कविता बाचन हुने सल्यान कला साहित्य परिषद्का अध्यक्ष भरत रोकाय ‘एक्सन’ले बताए । उनले कार्यक्रममा सहभागी हुन सबैलाइ आग्रह गरेका छन् ।

हाम्रो अभियान, सल्यान कला साहित्यको उत्थान भन्ने नारा लिएर परिषद्ले यसअघि सल्यानका विभिन्न ठाउँमा गजज महफिल र  रचना बाचन कार्यक्रम सम्पन्न गरेको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक १ गते शुक्रवार