• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

३ लाख ५० हजार नगदसहित कपिलवस्तुबाट १४ जुवाडे पक्राउ


कात्तिक १ कपिलवस्तु । कपिलवस्तु नगरपालिका– २ को वगरगदवा गाउँमा सञ्चालित जुवा खालमा प्रहरीले बिहीबार राति छापा मारी १४ जुवाडे पक्राउ गरेको छ । जुवा खालबाट प्रहरीले ३ लाख ५० हजार नगद बरामद गरेको जनाएको छ ।

प्रहरीले बिहीबार राति करीब १२ बजेको समयमा वरगदवा गाउँका स्थानीय कानु कहारको घरमा सञ्चालित जुवा खालमा छापा मारेको थियो ।

लाखौँ रुपैयाँ हार जित हुने ढंगबाट संस्थागत जुवा संचालन भइरहेको खबर प्राप्त भएपछि प्रहरीले छापा मारेको प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल मल्लले बताए । पक्राउ परेका १४ जनाविरुद्ध प्रहरीले मुद्धा चलाउने तयारी गरेको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक १ गते शुक्रवार