• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सोलुखुम्बुमा भिरबाट लडेर एक विदेशी नागरिकको मृतु


कार्तिक २,सोलुखुम्बु – पासाङ ल्हामू गाउँपालिका -५ कोङ्देमा भिरबाट लडेर एक जना विदेशी नागरिकको ज्यान गएकोे छ ।

पोल्याण्डबाट नेपाल भ्रमणमा आएका २६ वर्षीया पेसिता मेलिना नाम गरेकी महिलाको शुक्रबार बाटो हिँड्ने क्रममा भिरबाट लड्दा घटनास्थलमा नै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय नाम्चेबाट गएको प्रहरी टोलीले शव लुक्ला ल्याएको सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद चिमोरियाले बताए ।

प्रकाशित मिति : २०७६ कार्तिक २ गते शनिवार