• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

विवादमा दुर्गेश थापा, दुई वर्ष जेल पर्न सक्ने अधिवक्ता यज्ञमणि न्यौपाने


कार्तिक,२ काठमान्डौ – पछिल्लो समय चर्चाको शिखरमा रहेको गायक,संगीतकार तथा मोडल दुर्गेश थापा चर्चामा छन । तीजको समयमा ‘बिच्च बिच्चमा’ बोलको गीत सार्वजनिक गरेर चर्चामा आएका उनी दशैँमा दीपक–दीपाको चलचित्रको लागि प्रोमोशन गीत गाएर चर्चामा आए ।

दुर्गेसले ‘ह्याप्पी तिहार’ बोलको गीत क्लबमा सुटिङ गरेका छन । भने वियरको प्रचारप्रसार गरेका छन । यसरी तिहारमा वियर खाउँ भन्ने सन्देश दिएको भन्दै उनीमाथि कारवाही हुनसक्ने एक अधिवक्ताले बताएका छन ।

अधिवक्ता यज्ञमणि न्यौपानेले एक अन्तर्वार्तामा उनीमाथि दुई वर्षको जेल वा २० हजार रुपैयाँ जरिवाना वा दुवै सजायँ हुनसक्ने बताए । दुर्गेश थापको गीतले रक्सी, गाँजा, बियर सेवन गरेर तिहार मनाऔं भन्ने सन्देश दिएको र तिहार गीतले नेपाली सनातन धर्म र संस्कृतिमाथिको प्रहार गर्दै परम्परा र संस्कृतिमाथि धावा बोलेको उनको तर्क छ l

उनि भन्छन यो एकदम गलत हो,यस्ता गीतहरुलाई निरुत्साहित गर्नुपर्छ । यस्तै उनले मदिरा जन्य पदार्थको विज्ञापन सार्वजनिक हु्नु पनि गलत भएको उनको भनाई छ । दुर्गेसको गीतमा अर्ना बियरको खुलेआम प्रचार गरिएको छ ।अधिवक्ता न्यौपानेले यदि राज्यले गीत र सर्जकविरुद्ध कारवाही नगरे आफूले उनी विरुद्ध मुद्दा हाल्ने अवस्था आउनसक्ने बताए ।

अधिवक्ता न्यौपानले यसअघि नेपाल आइडलको पहिलो सिजनका विरुद्ध पनि मुद्दा दा’यर गरेका थिए । नेपाल आइडलको पहिलो सिजनमा दुई हप्तासम्म भोटिङ गर्ने व्य’वस्था गरेपछि न्यौपानले एक हप्ताको मात्र भोटिङ गणना गर्नुपर्ने भन्दै मुद्दा दायर गरेका थिए । मुद्दाको विषयमा अदालतले न्यौपानेको पक्षमा फैसला गरेको थियो ।

प्रकाशित मिति : २०७६ कार्तिक २ गते शनिवार