• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

साहित्यको गुन्जनमा रमायो सल्यान


कार्तिक २, सल्यान । सल्यान कल साहित्य परिषद्ले आज श्रीनगरमा रचना वाचन कायक्रम सम्पन्न गरेको छ । साहित्यकार डा. कृष्णराज डिसी र केवशराज देवकोटाले कार्यक्रममा विषेश कविता वाचन गरेका थिए ।

दुवै जनाले आफ्ना साहित्यक रचनाबाट समाजमा भैरहेका घटनाक्रमहरुलाई प्रस्तुत गरेका थिए । बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रममा उनिहरुले रचना बाचन गर्दा अप्रहन्न ४ बजेको थियो । जसबेला कार्यक्रममा उपीथत दर्शकहरु साहित्यको बेगमा डुबेको देखिन्थ्यो ।

कार्यक्रममा अन्य थुप्रै साहित्यकारहरुले गजल, मुक्तक, कविता बाचन गरेका थिए । कार्यक्रमलाई शारदा नगरपालिका उपप्रमुख सावित्रा बस्नेत, दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्मा लगाएतले सम्बोधन गरेका थिए ।

उनिहरुले आफ्नो मौलिकता नबिर्सन भन्दै साहत्य मार्फत मौलिकता जोगाउनु पर्ने बताए । साहित्यले सत्य कुरा बोल्नुपर्ने भन्दै उनिहरुले दिन खोजेको भाव साहित्यबाट प्रस्ट हुनुपर्ने बताए । सर्जकहरुलाई जोगाउन आफ्नो तर्फबाट सक्दो सहयोग हुने उनिहरुको तर्क थियो ।

प्रस्तुत कार्यक्रमका भिडियोहरु तपाई युटुबमा लेकाली अनलाइन टिभीमा हेर्न सक्नुहुन्छ । 

प्रकाशित मिति : २०७६ कार्तिक २ गते शनिवार