• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

प्रदेश ५ काे राजधानी कहाँ राख्ने भन्ने विषयमा यस्ताे भन्छन् सभामुख घर्ती


कार्तिक २, बुटवल । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश राजधानीको विषय राजनीतिक विषय भएका कारण त्यसको टुङगो पनि राजनीतिक रुपमा लाग्ने बताएका छन् ।

उनले राजधानीको विषय पेचीलो बनेको बताउदै यसलाई प्राविधिक विषय जसरी समाधान गर्नु पर्दछ भन्ने मनोविज्ञान बनाउन नहुने जिकिर गरे । शनिवार रोटरी क्लब अफ बुटवलको नियमित १२८१ औं बैठकमा मुख्य बक्ताका रुपमा बोल्दै सभामुख घर्तीले सो कुरा बताएका हुन् ।

घर्तीले भने, ‘राजधानी नयाँ शहर बनाउने हो, क्षेत्रीय विचारको विकास गर्ने र जनतालाई भ्रममा पार्ने काम होइन ।’ प्रदेशको नामाकरण र राजधानीबारे टुंगो लगाउन सुझाव लिने र प्राविधिक पाटोको अध्ययन गर्ने काम सकिँएकाले आगामी अधिवेशनबाट संबैधानिक प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

सिंहदवारले हामीलाई दिन नसकेको अपन्त्व फेरि हामीले तोक्ने राजधानीले दिन नसक्ने हो भने राजनीतिक परिवर्तनको कुनै औचित्य नहुने उनले बताए । सभामुख घर्तीले राजधानीका विषयमा बाहिर आउने गरेका कुरा र वहसप्रति असन्तुष्टि व्यक्त गर्दै हामीले राजधानी कहाँ बनाउने भनेर होइन कस्तो बनाउने भन्नेमा केन्द्रित हुनुपर्ने सुझाव दिएको बताए ।

सभामुख घर्तीले संघीयताप्रति पछिल्लो समयमा जनतामा निराशा बढेकोप्रति राजनीतिक नेतृत्व सचेत बन्नु पर्ने बताउदै राजनीतिक परिर्वतन सजिलो भए पनि सत्ता परिर्वतनसँगै पुरानो संस्कार र संस्कृति परिर्वतन गर्न गाह्रो हुने हुँदा केही अन्यौलता देखिएको जिकिर  गरे ।

प्रकाशित मिति : २०७६ कार्तिक २ गते शनिवार