• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

अर्को पार्टीमा प्रवेश गरेपछि सल्यानमा एक जनप्रतिनिधिको पद गुम्यो


कार्तिक ४, सल्यान । आफ्नाे पार्टी छाेडेर अर्काे पार्टीमा प्रवेश गर्दा सल्यानमा एक जनप्रतिनिधिको पद गुमेको छ । शारदा नगरपालिका -२ बाट वडा सदस्यमा निर्वाचित अनिता खड्का राईको वडासदस्य पद गुमेको हो । स्थानिय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महिला वडासदस्य पदमा निर्वाचित भएकी उनि केहि महिना अघि राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेकी थिइन् ।

जिल्ला निर्बाचन अधिकारी हरि बहादुर बुढाथोकीले राजनितिक दल सम्बन्धी ऐन २०७३ मा ब्यबस्था भएअनुसार कुनै पनि निर्बाचित ब्यक्तिले आफ्नो निर्बाचित दल छाडेर अन्य दलमा प्रबेश गरेमा वा निर्बाचित दल परित्याग गरेमा स्वतः बिजयी भएको पदरिक्त हुने ब्यबस्था बमोजिम शारदा नगरपालिका वडा नम्बर २ को महिला वडासदस्य पदरिक्त रहेको बताउनुभयो ।

जिल्ला निर्वाचनकार्यालय सल्यानका निर्वाचन अधिकारी हरि बहादुर बुढाथोकीले राजनितिक दल सम्बन्धी ऐन २०७३ मा ब्यबस्था भएअनुसार कुनै पनि निर्वाचन व्यक्तिले आफ्नो निर्वाचित दल छाडेर अन्य दलमा प्रवेश गरेमा वा निर्वाचित दल परित्याग गरेमा स्वतः बिजयी भएको पदरिक्त हुने ब्यबस्था बमोजिम शारदा नगरपालिका वडा नम्बर २ को महिला वडासदस्य पदरिक्त रहेको बताए ।

राईले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेको भन्दै गत साउनमा पार्टीले स्पष्टीकरण माग गरेको थियो । तर राईले स्पष्टीकरण नदिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हटाईएको निर्णयको प्रतिलिपि जिल्ला निर्वाचन कार्यालय सल्यानमा असोज ६ गते प्राप्त भएको थियो । राजनितिक दल सम्बन्धी ऐन २०७३ बमोजिम महिला वडासदस्य पदरिक्त भएको कार्यालयले जनाएको छ ।

यस विषयमा शारदा नगरपालिका र शारदा नगरपालिका वडा नम्बर २ लाई पत्राचार गरिएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । अब वडाअध्यक्ष भन्दा तलकाे पदमा उपनिर्वाचन नहुँने भन्दै जिल्ला निर्वाचन कार्यालय सल्यानले अर्को निर्वाचन भएपछि मात्रै नयाँ जनप्रतिनिधि आउने जनाएकाे छ ।

सल्यानकाे एउटा वडामा उपनिर्वाचन हुने

आगामी मंसिर १४ गते हुने उपनिर्वाचन सल्यानमा एउटा वडामा मात्रै हुनेभएको छ। सरकारले स्थानिय तहका रिक्त स्थानमा मंसिर १४ गते निर्वाचन गराउने भएपछि सल्यानमा पनि एउटा उपनिर्वाचन हुने भएको हो ।

कुमाख गाउँपालिकाको वडा नम्बर ५ मा रिक्त वडा अध्यक्षको पदमा निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएकाे छ । वडा नम्बर ५ का वडा अध्यक्ष हरि प्रकाश बुढाथोकी जिल्ला समन्वय समिती सल्यानको उपप्रमुखमा निर्वाचित भएपछि त्यहा वडा अध्यक्षको पद रिक्त रहेको थियो। उनी तत्कालीन नेकपा माओबादीबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए।

तत्कालीन नेकपा माओबादी र नेपाली कांग्रेसको समिकरणबाट बुढाथोकी जिल्ला समन्वय समितीको उपप्रमुखमा निर्वाचित भएका हुन।

१८ सय ५३ जना मतदाता रहेको यस वडामा बुढाथोकीले ७ सय ८८ मत ल्याएर बिजयी भएका थिए । उनका प्रतिद्वन्द्वी तत्कालीन एमालेका अमृत बहादुर शाहले २ सय २९ नेपाली कांग्रेसका उम्मेद्बार  खड्क बहादुर बोहराले १ सय ८० मत पाएका थिए।

उक्त वडामा अहिले २२ जनाले थप मतदाता नामावलि भरेपछी अहिले १८ सय ७५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। वडा अध्यक्ष बुढाथाेकी जिल्ला समन्वयमा आएपछि अहिले उक्त वडाकाे कार्यबहाक अध्यक्षकाे रूपमा वडा सदस्यले समालिरहेका छन् ।

वडा अध्यक्ष निलम्बित भएपछि सदस्यबाट काम 

उता बागचौर नगरपालिका ५ का वडा अध्यक्ष डिल्ली बहादुर ओली ई भ्रष्टचारी मुद्दा लाग्दा निलम्बित भएपछि उक्त वडाकाे कार्यबहाक वडा अध्यक्षकाे रुपमा वडा सदस्यले काम गरिरहेका छन् ।

वडा नम्बर ५ बाङ्गेलाँकुरी बजारमा विद्युतीकरणका क्रममा अनियमितता गरेको आरोपमा वडा अध्यक्ष र सचितव सहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनि पदबाट निलम्बित भएका हुन् । अहिले उनकाे मुद्दा प्रक्रियामै भएकाले याे वडामा भने उपनिर्वाचन नहुने भएकाे हाे ।

प्रकाशित मिति : २०७६ कार्तिक ४ गते सोमवार