• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानको दार्मामा सांस्कृतिक धमाका हुने


करेश्मा गिरी/ कार्तिक ४, सल्यान । सल्यानको दार्मामा सांस्कृतिक धमाका हुने भएको छ । जुपिटर मिडिया हाउस प्रा.लि.को आयोजनामा सांस्कृतिक धमका हुने भएको हो ।

परापूर्ब कालदेखि लाग्दै आएको फारुला मेलालाई लक्षीत गरी दार्मा सांस्कृतिक धमका हुन लागेको कार्यक्रम संयोजक नोखिराम थापाले बताए । ‘हाम्रो परम्परा हाम्रो पहिचान परम्परागत सांस्कृतिको संरक्षन र प्रर्वदन हाम्रो अभियन’ भन्ने मुल नाराका साथ यहि कार्तिक १५ र १६ गते फारुलामा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमा चर्चित लोक तथा दोहोरी कलाकारहरु कुलेन्द्र विश्वकर्मा, शक्ती चन्द, टिका सानु, यज्ञ विक लगाएतको सहभागीता हुने छ । त्यस्तै अन्य स्थानीय कलाकारहरुको पनि कार्यक्रममा प्रस्तुती रहने आयाजकले जनाएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ४ गते सोमवार