• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

विमानस्थलमा भव्य स्वागत हुँदा शनिले भने ‘अहिले नै लोक स्टार जिते जस्तो भयो’


कार्तिक ४, काठमाडाैं । ‘नेपाल लोकस्टार रियाली सो’का फाईनलिष्ट रोल्पाका शनि विश्वकर्मा सोमबार बिहान काठमान्डौ आईपुगेका छन । उनी बिहान दाङ तुलसीपुरबाट हजाजमार्फत त्रिभुवन विमानस्थल काठमाडाैंमा करिव १० बजे आईपुगेका थिए ।

शनिका शुभचिन्तक तथा फ्यानहरुले बिमानस्थलमा उनलाई भब्य स्वागत गरेका छन । शनिलाई पन्चेबाजा सहित दोसल्ला ओढाएर स्वागत गरेका छन् ।

बिमानस्थलमा स्वागत ग्रहण गर्दै आफ्ना शुभचिन्तक तथा फ्यानहरुलाई शनिले धन्यवाद दिएका थिए । आफुलाई जिताउन धेरै भन्दा धेरै भोटको आबस्यकता परेको बताउदै अझै भोट गर्न अपिल समेत गरेका छन ।

उनले आफु आर्थिक अबस्थामा कमजाेर भएर भाेट किन्ने हैसियतमा नभएपनि दर्शकहरूकाे माया देख्दा अहिलेनै लाेक स्टार जितेकाे जस्ताे भएकाे बताए ।

शनिले गृहजिल्लाका विभिन्न क्षेत्रमा पुगेर भेटघाट गर्दै भोट मागेर फर्किएका हुन । आइतबार सल्यानको श्रीनगरमा समेत शनिलाई जिताउन भोटमाग्ने कार्यक्रम सम्पन्न भएको थियो ।

शनिलाइ भाेट गर्न  L २४ टाइप गरेर नेपालमा हुनेले ३७०००, भारतमा हुनेले ५३०१ र कतारमा हुनेले ९२३०० मा म्यासेज सेण्ड गर्न सकिने छ । फाइनलको लागि असोज २५ गते दिउँसो १२:०० बजे देखी सुरु भएकाे भाेट यहि कात्तिक ८ गते दिउँसो १२: ०० बजेसम्म गर्न सक्ने नेपाल लाेक स्टारले जनाएकाे छ ।

आइएमइ नेपाल लोकस्टारको फाइनल कार्तिक ८ गते सम्पन्न हुनेछ ।

हेर्नुहाेस् भिडियाे


 

प्रकाशित मिति : २०७६ कार्तिक ४ गते सोमवार