• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा ६ वटा विद्यालयले ल्याब पाउँदा मन्त्री बास्कोटाको जिल्लामा ९७ विद्यालयले पाए


कार्तिक ४, काठमाडौं । सरकारले साढे ३ अर्ब रुपैयाँ खर्च गरेर देशभरका १ हजार विद्यालयमा सामुदायिक सूचना प्रविधि प्रयोगशाला (आईटी ल्याब) स्थापना गर्दैछ । तर, आईटी ल्याब स्थापना गरिने विद्यालयको छनोटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘आफ्नै हात जगन्नाथ’ को शैली अपनाएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट रकम खर्चिने गरी ७७ वटै जिल्लाका समुदायिक विद्यालयमा सरकारले आईटी ल्याब स्थापना कार्यक्रम सञ्चालन गर्दैछ । मन्त्री बास्कोटाको गृहजिल्ला काभ्रेका ९७ सामुदायिक विद्यालयलाई यो कार्यक्रम पार्द सल्यानमा भने ६ वटा मात्रै समामुदायीक विद्यालयले ल्याब पाएका छन् ।

सल्यानमा ल्याब पाउने विद्यालयमा शिवजन मावि शितलपाटी, शारदा जनकल्यान मावि कालिमाटी, त्रिभुवन जनता मावि बनगाड कुपिण्डे, नेपाल राष्ट्रिय मावि कपुरकोट, जनता मावि कुमाख रागेचौर र कालिका मावि बागचौर कोटमौला रहेका छन् ।

सामुदायिक विद्यालयलाई ल्याब दिने यो परियोजनाले ग्रामीण स्तरका विद्यालयको शिक्षाको गुणस्तर सुधार्ने लक्ष्य लिएको छ । यसले विद्यालयलाई प्रविधिमैत्री बनाउने र सूचना प्रविधिको माध्यमबाट विद्यार्थीको सिकाई क्षमता बढाउने प्राधिकरणको दाबी छ ।

प्राधिकरणले यस्तो ल्याब निःशुल्क बनाएर विद्यालयलाई प्रदान गर्न लागेको हो । सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सूचना प्रविधिमा अभ्यस्त गराउने उद्देश्यसहित प्रयोगशाला बनाउन लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले स्थापना गर्ने एउटा प्रयोगशालामा १० देखि २४ वटासम्म कम्प्युटर  हुनेछन्, जसमा २ सेट हार्ड डिस्क ९एक्सटर्नल० पनि दिइनेछ । विद्यालयको प्रयोगशालामा इन्टरनेट पनि जोडिनेछ । त्यसका लागि राउटर निःशुल्क जडान हुनेछ  ।

बत्ति नभएको विद्यालयमा सोलार सिस्टमसमेत जडान गर्ने सम्झौतामा उल्लेख छ । प्रयोगशालामा अत्याधुनिक प्रोजेक्टर, प्रिन्टर, सर्भिलेन्स सिस्टम, स्वीचहरु पनि हुनेछन् ।

कार्यक्रमको कुल बजेटको करिब १० प्रतिशत काभ्रेमा मात्रै खर्च हुने भएको छ । मन्त्री बास्कोटाको आफ्नो नगरपालिका मण्डन देउपुरका मात्र १२ वटा विद्यालयमा ल्याब स्थापना हुनेछ । कार्यविधिअनुसार एउटा जिल्लाले कम्तिमा ६ वटा ल्याब पाउनुपर्ने हो, तर डोल्पाले ४ वटा र मुगुले ५ वटा मात्रै ल्याब पाएका छन् ।

कार्यक्रमको कार्यविधिअनुसार हुने हो काभ्रेले ८ वटा मात्रै ल्याब बनाउनुपर्थ्यो । किनभने कार्यविधिमा दुई निर्वाचन क्षेत्र भएका जिल्लामा अधिकतम ८ वटासम्म विद्यालयलाई ल्याब दिन सकिने भनिएको छ । मन्त्री बास्कोटाले आफैंले बनाएको कार्यविधीलाई लत्याएर गृहजिल्लाका ९७ वटा स्कुल पारेका हुन् ।

प्रकाशित मिति : २०७६ कार्तिक ४ गते सोमवार