• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङको घोराही–लमही सडकखण्डमा एकआपसमा बस ठोक्किदा २२ जना घाइते


कार्तिक ४, दाङ । सोमबार बेलुकी घोराही–लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्बर–३, वर्गदुवा चोकमा दुई बस एकापसमा ठोक्किँदा २२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराहीबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ३९५३ नम्बरको बस र लमहीबाट घोराही आउँदै गरेको लु १ ख ९६७९ नम्बरको बस आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा दुवै बसका २२ जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोद विक्रम शाहीले बताए । राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान घोराहीमा घाइतेहरुको उपचार भैरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ४ गते सोमवार