• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

विप्लव नेकपाका नेता गुणराज लोहनी पक्राउ


कार्तिक ५, चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नेता गुणराज लोहनीलाइ प्रहरीले पक्राउ गरेकाे छ ।

लोहनीलाई सादा पोसाकमा खटिएका प्रहरीले मंगलबार बिहान चितवनकाे भरतपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो ।  प्रहरीले अहिले उनको घरमा खानतलासी गरिरहेको जनाएको छ ।

विप्लव नेकपाकाे गत असाेजमा सम्पन्न बैठकले लोहनीमा देखिएकाे स्वास्थ्य समस्याको कारणले केन्द्रीय सदस्यकाे पदबाट मुक्त गरेको थियो । पार्टीको आठौं पूर्ण बैठकले उनलाई जिम्मेवारीबाट मुक्त गरिएको साेमबार विप्लवले सार्वजनिक गरेकाे विज्ञप्तिमा उल्लेख छ।

याे पनिः विप्लव नेकपाले सार्वजनिक गर्याे यस्ता निर्णय

प्रकाशित मिति : २०७६ कार्तिक ५ गते मङ्गलवार