• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

रोजगारीको लागी मलेसिया पुगेका सल्यानका एक युवा झुन्डिएकाे अवस्थामा फेला


कार्तिक ५, सल्यान । रोजगारीको लागी मलेसिया पुगेका सल्यानका एक युवा झुण्डिएको अवस्थामा फेला परेका छन् । सल्यान छत्रेश्वरी गाउँपालिका १ दमाचौर मयानी घर भएका सुरेश चन्द भुण्डिएको अबस्थामा फेला परेका हुन् ।

विगत ३ बर्ष अघि रोजगारकै लागी मलेसिया पुगेका उनी २ वर्षसम्म एक कम्पनीमा कार्यरत थिए । तर सम्झौता अनुसारको तलब नदिएको भन्दै उनले उक्त कम्पनी छोडेर इलिगल रुपमा काम गर्दै आएको उनका साडु भाई तिलक चन्द ठकुरीले बताए ।

परिवारकै सम्पर्कमा रहेका उनले घर आउनको लागी इलिगल रुपमा काम गरेर घर आउने भाडा जम्मा गर्न लागेको बताएका थिए । तर उनका साथीहरुले सुरेश डिप्रेशनमा रहेको भनेर परिवारलाई खबर गरेको साडु भाई तिलकले लेकाली अनलाइनलाई बताए ।

डिप्रेशन भएको ५ दिनपछि गत असोज १६ गते भुण्डिएको अवस्थामा फेला परेको मलेसिया स्थित नेपाली राजदुतले जनाएको छ । दुईहप्ता सम्म घटनाको अनुसन्धान गरेको मलेसिया प्रहरीले उनीले डिप्रेशनकै कारण आ’त्म’ह’त्या गरेको  जनाएको छ ।

उनको मेडिकल रिपोर्टमा झुन्डिएर मरेको र त्यसअघि डिप्रेशन भएको जनाइएको छ ।

घरको आर्थिक स्थिति ज्यादै कमजोर भएको हुँदा मलेसियामा नै उनको असोज ३० गते अन्त्यष्टी गरिएको साडु भाई तिलकले बताए । मृतक सुरेशका घरमा श्रीमती, १४ र ९ वर्षका २ छोरा, आमाबुबा र बहिनीहरु छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक ५ गते मङ्गलवार