• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

‘तिहारमा गाँजा रक्सी खानुपर्छ’ भन्ने दुर्गेश थापाको गीत युटुबबाट हट्यो


कार्तिक ५, काठमाडौँ । पछिल्लो समय विवादित बनेको ह्याप्पी तिहार बोलको गीत युटुबबाट हटेको छ । गायक दुर्गेश थापाले गाएको सो गीत उनकाे युटुब च्यानलबाट हटेको हो ।

तिहारको देउसीभैलो गीत बिगारेर गाएको आरोपमा मंगलबार थापा पक्राउ परेपछि भिडियो हटेको हो । थापालाई महनागरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार बालाजुबाट पक्राउ गरेको थियो ।

तिहारको देउसीभैलो गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनको सो देउसीभैलो गीतले नकारात्मक सन्देश दिएको भन्दै आलोचना समेत हुँदै आएको थियो । उनको सो गीतमा बियरको प्रचार गर्नुका साथै तिहार, देउसी गाँजा तथा बियरखाएर मनाउनुपर्छ भन्ने सन्देश दिएको छ ।

युटुबबाट गीत हटेपनि थापा अहिले प्रहरी नियन्त्रणमै छन् । गायक थापाकाे च्यानलबाट गीत हटेपनि अन्य केही च्यानलले भने साेही गीत अपलाेड गरेका छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक ५ गते मङ्गलवार