• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

डिभोर्स देउ


कविता 

म दिनभर घरमा हुदिन ,
तिमी दिनभर घरमा हुनछेउ
साझमा म घर आउछु ,
तिमी साझमा जानछेउ

म सुत्छु , तिमि उठछेउ ,
म ऊठछु फेरि तिमी सुतछेउ
म सबेरै उठछु ,
तिमी पनि सबेरै जानछेउ

न, म घर भाको बेला तिमी हुनछेऊ ,
न , तीमि घरमा भाको बेला म हुनछु

” हैन यो कस्तो लुकामारी तिम्रो र मेरो ”

म तिमिलाइ झुपडिमा बोलाउछु ,
तिमी महल र भिआइपी एरिया जानछेउ ।
तिमिलाइ भेटन मन लागछ , भेटन बोलाउछु ,
तर तिमी , जेनेरेटर र इनभटर पठाइदिन्छेउ ।

” हैन कस्तो सम्बन्ध छ , तिम्रो र साथि बिच ”
हिजो तिमिले तिम्रा साथिलाइ ,
धनिको घरमा मात्र भेटथेउ ।

हामिलाइ आस देखायर ,
धनिको मात्र पियास मेटछेउ ।
तर आज भोलि तिम्रा साथिले ,
फकाइ फुलाइ धनिको डोलिमा अनमाय ।

र आज तिम्रो र धनिहरु बिचको सहबास ले ,
हामी गरिबहरुको काखमा,
लोडसेडिङ जन्माइदियउ ।

” यो कस्तो अनयाय गरेउ तिमिले गरिब माथि ”

म तिमी बिना बाचने भैसके ,
र तिमी धनिहरुको साथमा बाचने भयउ ,

त्यसैले,
मेरो आज भोलि मैन र लालटिन सँग
माया प्रिति बसदै छ ,
बिजुलि , तिमिले मलाई डिभोर्से देऊ ।।

प्रकाशित मिती २०७६ कार्तिक ५ गते

प्रकाशित मिति : २०७६ कार्तिक ५ गते मङ्गलवार