• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सिकाई आदन प्रदान कार्यशाला दाङको हापुरमा सुरु


कार्तिक ५, दाङ । परियोजनाको दोस्रो चौमासिक पुनावलोकन तथा सिकाई आदनप्रदान कार्यशाला गोष्ठी मंगलबार दाङको बबइ गाउपालिका ५ हापुरमा भएको छ । दलित सेवा संघ दाङको आयोजना र विकास कोष नर्वेको आर्थिक सहयोगमा सञ्चालित विभेदमा पारिएका समुदायको जिवीको पार्जन सुधार परियोजनाको दोस्रो चौमासिक पुनावलोकन तथा सिकाई आदनप्रदान कार्यशाला गोष्ठी मंगलबार एक कार्यक्रमको आयोजना गरि उदघान गरिएको हो ।

जिल्ला शाखा दाङका उपाध्यक्ष लिला बिकको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी बबइ गाउपालिका अध्यक्ष भुवनेश्व पौडेल रहेका थिए । कार्यक्रममा दलित सेवा संघ केन्द्रय अध्यक्ष ईश्वरी विश्वकम, दलित सेवा संघका कार्यकारी निर्देशक टंक बिश्वकर्म, जिल्ला शाखा दाङका सचिव राम बहादुर नेपाली, कार्यक्रम संयाोजक यज्ञ कुमार विक, जिल्ला शाखा दाङका सहसचिव सन्तोष चनारको उपस्थिती रहेको थियो ।

कार्यशाला गोष्ठीमा बोल्दै बबई गाउपालिका अध्यक्ष भुवनेश्वर पौडेलले नेपालमा गैर सरकारी संस्था र समुदायमा यसले पारेको प्रभाव लाई नेपाल सरकार तथा स्थानिय सरकारले नजिक बाट अध्ययन गरेका बताए । उनले गैरसरकारी संस्थाले नेपालको अर्थतन्त्रमा सघाएको र सिमान्तकृत तथा पछाडि पारिएका बर्गले आफ्नो ब्यबसाय स्थापना तथा लगानीको लागी भोक्नु पर्ने समस्या को नजिकबाट हेरिएको बताए ।

३ दिन सम्म सञ्चालन हुने कार्यशालाको सहजीकरण दलित सेवा संघका कार्यकारी निर्देशक टंक बिश्वकर्मले गरेका छन् । कार्यक्रमको दलित सेवा संघ दाङको सामाजिक परिचालन अधिकृत छवि परियारले सञ्चालन गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ कार्तिक ५ गते मङ्गलवार