• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

जनकपुरमा एक निर्माण व्यवसायीको गोली हानी हत्या, गोली प्रहार गर्ने बन्दुकसहित पक्राउ


कात्तिक ६, जनकपुर । जनकपुरमा एकजनाको गोली हानी हत्या भएको छ। जनकपुरधाम उपमहानगपालिका-१ का अन्दाजी ४० वर्षीय मनोज शाह माथि गोली प्रहार भएको हो ।

निर्माण व्यावसायी शाहमाथि जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले गोली प्रहार गरेका हुन् । उनलाई बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिइसकेको जनकपुरका एसपी शेखर खनालले बताएका छन् । गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको थियो । साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन् । साहको शव जनकपुर अञ्‍चल अस्पतालमा राखिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा साहमाथि लेनदेन विवादमा गोली प्रहार भएको देखिएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ६ गते बुधवार